Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

images
  • कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने
    images
    images

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको वैकल्पिक सडकखण्ड निर्माण अन्तिम चरणमा रहेको छ । पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको जानकारी दिएको छ । 

    images
    images
    images

    कृष्णभीरमा निर्माण गरिएको २७० मिटर नयाँ सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सतह मुनिको पानी निकास संरचना निर्माणको काम सम्पन्न भएको छ । बाँकी आधार तह निर्माणको काम आज बेलुकासम्म पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ ।

    images
    images
    images

    रातिको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिन प्रकाशको व्यवस्था गरिएको छ । विहिबारदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।