Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

images
  • कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
    images
    images

    काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका र आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

    images
    images
    images

    निगमले ग्यास उद्योगीसँग छलफल गरी काठमाडौँ तथा आसपासका जिल्लामा ग्यास बिक्री वितरण गर्ने उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य पायक पर्ने जिल्लाका ग्यास उद्योगसँग समन्वय गर्न भनेको छ ।

    images
    images
    images

    ती उद्योगमा आफ्ना ग्यास बोकेका ट्याङ्कर खाली गरी सिलिन्डर भरेर कृष्णभीरको सडक नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।