Logo

२०८३, आश्विन ९गते


images
images

आर्थिक

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि

images
  • घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि
    images
    images

    काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

    images
    images
    images

    चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार रकम २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८२/८३ को समग्र अवधिमा भने कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । त्यस्तै घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रदेशगत रूपमा बागमतीमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ । चौथो त्रैमासमा बागमतीमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशत र कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ। कारोबार रकम भने बागमतीमा १७५.३३ प्रतिशतले बढेको छ। मधेशमा भने कारोबार संख्या ३.४४ प्रतिशत र क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ ।

    महानगरपालिकातर्फ काठमाडौँमा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। ललितपुरमा १३६.९२ प्रतिशत र पोखरामा १०८.७१ प्रतिशत वृद्धि भएको छ ।  उपमहानगरपालिकातर्फ हेटौँडामा कुल कारोबार रकम १८६.८० प्रतिशतले बढेको छ। समग्र तथ्यांकले पछिल्लो अवधिमा घरजग्गा बजारमा कारोबार, रकम र सरकारी राजस्व तीनै क्षेत्रमा उल्लेख्य वृद्धि भएको देखाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।