Logo

२०८३, कार्तिक २४गते


images
images

गाजामा इजरायली सेनाको कारबाहीमा हमासका पाँच सदस्य मारिएको दाबी

गाजामा इजरायली सेनाको कारबाहीमा हमासका पाँच सदस्य मारिएको दाबी

images
  • गाजामा इजरायली सेनाको कारबाहीमा हमासका पाँच सदस्य मारिएको दाबी
    images

    काठमाडौँ । इजरायली सेनाले गाजामा गरिएको सैन्य कारबाहीका क्रममा हमासका पाँच सदस्य मारिएको दाबी गरेको छ। मारिनेमा एक जना सैन्य कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ ।

    images
    images
    images

    ‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले पछिल्ला केही सातायता गाजामा आफ्नो कारबाही तीव्र बनाएका छन् ।

    images
    images
    images

    इजरायली सेनाको निशानामा हमासका सैन्य कमान्डर अहमद अल–बत्श पनि रहेका थिए । उनलाई ‘अबु ओसामा’ नामले समेत चिनिन्थ्यो । हमाससँग सम्बन्धित समाचार स्रोतहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

    images
    images

    इरानको फार्स समाचार संस्थाले गाजासँग सम्बन्धित स्थानीय समाचार स्रोतलाई उद्धृत गर्दै अहमद अल–बत्श हमासको सशस्त्र इकाइ इज्ज अल–दीन अल–कस्साम ब्रिगेडका कमान्डर रहेको जनाएको छ। उनको इजरायली हवाई आक्रमणमा मृत्यु भएको बताइएको छ ।

    अलजजिराका अनुसार गाजा सहरको उत्तरमा पर्ने अल–सफ्तावी सडकमा एउटा कारलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा अल–बत्श मारिएका थिए। उक्त क्षेत्र जबालियाको पश्चिममा पर्छ ।

    इजरायली सेनाले गाजामा हमासविरुद्धको सैन्य कारबाही निरन्तर जारी रहेको र पछिल्ला साताहरूमा त्यस्ता कारबाही थप तीव्र पारिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • # हमास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।