Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

images
  • पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
    images
    images

    पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्ट-परवानीपुर सडकखण्डबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका आठ वटा पोकाभित्र १०९ किलो गाँजा फेला परेको थियो ।

    images
    images
    images

    घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ निवासी ३० वर्षीय सुभाष थामी र सोही स्थानका २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ ।

    प्रहरीले बरामद भएको गाँजा, बोलेरो पिकअप गाडी तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्सा
  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।