पर्सा । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जेठ ३१ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका-३ स्थित मुरैया चोक नजिकैको खेतमा चामलका पाँच वटा बोरामा लुकाइराखिएको अवस्थामा करिब १०० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology