रमेश बहादुर सिह, बझाङ । बझाङ जिल्ला साक्षर जिल्ला घोषणा भएको छ । आज जिल्ला समन्वय समिति बझाङको सभाहलमा एक कार्यक्रमकाबीच ५७औं साक्षर जिल्ला घोषणा भएको हो ।
साक्षर जिल्ला घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई बझाङका कार्यालय प्रमुख सुरेन्द्रबहादुर कठायतले साक्षर जिल्ला घोषणा गर्न सरकारले तय गरेको मापदण्डअनुसार १५ वर्ष उमेर समूहदेखि ६० वर्ष उमेर समूह पार गरेका १२ ओटा सूचांक पार गरेका जिल्लाका १२ वटा स्थानीय तहमा साक्षर घोषणापछि साक्षर जिल्ला घोषणा गर्न सफल भएको बताए ।
साक्षर घोषणा कार्यक्रममा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङ वासिहरुलाई सामान्य लेख्न सिकाउने मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले १८ राष्ट्रीय विभुषित घोषणा भयको र आज बझाङ जिल्ला साक्षर घोषणा हुनु दुवै खुसीको कुरा भएको र आगामी दिनहरूमा पनि अन्य निरक्षकहरुलाई साक्षर बनाउन पहल चाल्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष नरबहादुर बोहराले आफू पहिला गाँउपालिका अध्यक्ष पालिकाबाट बजेट विनियोजन गरी प्रत्येक वडाहरुमा प्रौढ कक्षा सञ्चालन गरी निरक्षकहरुलाई साक्षर बनाउन पहल चालेको र नयाँ आएका जनप्रतिनिधिहरुले पनि आ–आफ्नो पालिकामा साक्षरता दर बढाउनुपर्ने बताए ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक जनकराज ढुङ्गाना लगायत सरोकारवाला निकाएहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology