Logo

२०८३, मंसिर २गते


images
images

पोशाक दुरुपयोग नगर्न सशस्त्र प्रहरीको चेतावनी

पोशाक दुरुपयोग नगर्न सशस्त्र प्रहरीको चेतावनी

images
  • पोशाक दुरुपयोग नगर्न सशस्त्र प्रहरीको चेतावनी
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कम्ब्याट पोशाक लगाएर सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरी बलका अनुसार भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य होइनन् । उनले संगठनको कम्ब्याट पोशाकको अर्ध भाग लगाएर पोशाकको दुरुपयोग गरेको पाइएको छ ।

    images
    images
    images

    उक्त व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी भ्रामक सामग्री र टिप्पणी प्रसारित हुँदा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने संगठनले जनाएको छ ।

    images
    images

    सशस्त्र प्रहरीले पोशाक दुरुपयोग गर्ने व्यक्ति तथा भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

    साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरीको पोशाक, दर्ज्यानी चिह्न तथा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधिबारे जानकारी भए टोल फ्री नम्बर १११४ मा खबर गर्न पनि अनुरोध गरिएको छ ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले भ्रामक भिडियोलाई सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।