Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढी

चितवनमा भेटिएका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने

चितवनमा भेटिएका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने

images
  • चितवनमा भेटिएका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने
    images
    images

    चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये पहिचान भएका चार शव परिवारलाई बुझाइएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ती शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेको बताउदै शवबाट दुर्गन्ध फैलिन थालेकाले संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञको सुझावपछि शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

    images
    images
    images

    जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

    images
    images
    images

    शव व्यवस्थापनअघि सबैको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ । आजैदेखि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिनेछ ।

    प्रशासनले शोकको यस कठिन परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । बाध्यात्मक परिस्थितिका कारण पीडित परिवारलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ ।

    थप जानकारीका लागि प्रहरी निरीक्षक अनिल थापाको मोबाइल नम्बर ९८५५०१७०९९ र सशस्त्र प्रहरी हवल्दार सुजन खनालको मोबाइल नम्बर ९८५१३५९९५८ मा सम्पर्क गर्न सकिने बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • # शव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।