अनेक नाम छ भिन्न आस्था परिचय भगवान ।
प्रकट त छैनन् जगत माझ तै पनि मूल्यवान ।।
चर्च, मस्जिद, गुम्बा, मन्दिर हो अरे बासस्थान ।
केवल प्रतिमा अस्तित्व आस्था भेटिन्नन् भगवान ।।
आशको बाहु फैलिन्छ किन दुःखमा प्रार्थना ।
विविध विधि कठोर तपस्या अनेकौं साधना ।।
विलासी जीवन मग्न र मस्त अदृश्य कुकर्म ।
भिन्न कार्य अनुचित व्यवहार हुँदैन सुधर्म ।।
मनुष्य देव होइन पाषाण घृणा त्यो नगर ।
असहाय सामु इश्वरिय कर्म स्वर्गिय सहर ।।
फल र फूल दुग्धको धारा शिवलिंग मूर्तीमा ।
अशत्त दुःखी उनै ईश्वर छ हेर धर्तीमा ।।
व्रत, पूजा त्यो व्यर्थ सबै मन सफा नभए ।
पाप गरि धार्मिक हुन मन्दिर नगए ।।
मानव सेवा हो धर्म अमिट काल्पनिक देवता ।
सुधार छनौट आर्जित पुण्य प्रदशित एकता ।।। - कृष्ण भण्डारी - सुनवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology