बुटवल । देवदह–५, खैरेनीस्थित एन.एस. मेकअप स्टुडियो एन्ड एकेडेमीले विभिन्न तालिम पूरा गरेका २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । सोमबार बुटवलमा आयोजित कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।
एकेडेमीमा सञ्चालित ६ महिने ब्युटीपार्लर तथा एक महिने मेकअप तालिम पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाकी संचालक तथा ट्रेनर निशा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा रोमा फेसियल हाउस, बुटवलकी सञ्चालक रोमा पुन तरामु मगर, देवदह सुनचाँदी महिला संघकी अध्यक्ष सुजता गहतरा, संस्थाका प्रबन्ध निर्देशक तथा कार्यक्रम संयोजक प्रकाश क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
२०७९ देखि सञ्चालनमा आएको एकाडेमीले २ महिने नङसम्बन्धी तालिम, एक हप्ते मेकअप तालिम, ब्युटीपार्लरलगायत विभिन्न पाठ्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology