Logo

२०८३, भाद्र १गते


images
images

सांसदद्वय गोपाल शर्मा र आशिका तामाङको माग बारे जवाफ दिन सभामुखको प्रधानमन्त्रीलाई रुलिङ

सांसदद्वय गोपाल शर्मा र आशिका तामाङको माग बारे जवाफ दिन सभामुखको प्रधानमन्त्रीलाई रुलिङ

images
  • सांसदद्वय गोपाल शर्मा र आशिका तामाङको माग बारे जवाफ दिन सभामुखको प्रधानमन्त्रीलाई रुलिङ
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आफूले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै दुई सांसदले उभिएर विरोध गरेका छन् । 

    images
    images
    images

    नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्मा र रास्वपा सांसद आशिका तामाङले संसदमा राखेको विषय सरकारले सम्बोधन नगरेको भन्दै संसदमै उभिएर विरोध गरेपछि सभामुख डिपी अर्यालले तीन दिन भित्र जवाफ दिन सरकारलाई रूलिङ गरेका हुन्।

    images
    images
    images

    सांसद शर्माले रूकुम, जाजरकोट र सल्यान क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारीपूर्ण तवरले काम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । उनले साउन २२ गते नै आफूले सरकारलाई यस विषयमा जबाफ दिन ९ दिने अल्टिमेटम दिएको तर त्यो अवधिमा जबाफ नआएकोले जबाफ नआउन्जेल उभिरहने बताएर उभिन शुरु गरेपछि संसदको कारवाहीमा अवरोध भएको थियो । सरकारलाई जबाफ दिन समय नै तोकेर सभामुखले रूलिङ नगरेसम्म आफू उभिएर विरोध गरिरहने अडान उनले लिएका थिए ।

    images
    images
    images

    त्यसपछि बोलेकी रास्वपा सांसद आशिका तामाङले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन आफुले ३७ दिनअघि नै यस विषयमा आफू संसदमा बोले पनि सरकारले पहलकदमी नगरको भन्दै सभामुखबाट रुलिङ नभएसम्म उठेर विरोध गरिरहने बताएकी थिइन् ।

    त्यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा तीन दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।