काठमाडौं । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक महेश्वर शर्माले प्राप्त गरेका छन्।
प्रतिष्ठानको आयोजना, गैर आवाशीय नेपाली संघ अष्ट्रेलिया, न्यू साउथ वेल्स राज्य समिती र अष्ट्रेलियन सरकारको सहयोगमा ११ जुन २०२२ शनिबार सिड्नीमा गरिएको कार्यक्रमको पहिलो सेसन अन्तर्गत भानु जयन्ती कार्यक्रममा शर्मालाई अवार्ड प्रदान गरिएको हो।
सो कार्यक्रममा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाकी अध्यक्ष सुजाता केसी, नेपाली समुदायका अगुवा सो कार्यक्रमका प्रमुख अतिथी डा. नारायण प्रधान, अडर अफ अष्ट्रेलिया बाट विभूषीत ईन्द्रा वन गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य स्टेट कोर्डिनेटर देव गुरुङ्ग, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका पूर्व अध्यक्ष रविन्द्र कुमार शर्मा लगायतले अवार्ड प्रदान गरेका थिए।
रुपन्देहीको देवदहका शर्मा हाल अष्ट्रेलियामा बस्दै आएका छन्। उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य समेत छन्।
वि.सं २०७४ मा उनको कविता संग्रह "प्रवासका जूनहरू" तथा दुई वटा गीत मुटुभरि देश बोकि” र " जादू " रिलिज भएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology