उज्यालो पनि छ अँध्यारो पनि छ दिनहरू पनि छन् र रातहरू पनि ।
सधैंभरि कहाँ हुन्छ र- उज्यालै उज्यालो अँध्यारै अँध्यारो मात्रै पनि कहाँ छ र ?
रातपछि आउँछ - बिहान रात हुनैपर्छ – बिहानका लागि अनि पो अर्थ हुन्छ अँध्यारो र उज्यालोको ।
वर्षों वर्षपछि थाहा भो उज्यालो भनेको रातपछि आउने दिन मात्रै पनि होइन कि उज्यालो त मान्छेबाट आउने चिन्तन रहेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology