देवदह । देवदहस्थित देवदह ईङलिस बोर्डिङ हाई स्कूलले ५० औं विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
जसअनुसार सरसफाई अन्तर्गत विद्यार्थी तथा शिक्षकहरुले विद्यालय परिसरदेखि लिएर करिब १५० मिटर आसपासमा छरिएर रहेका फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ ।
साथै वातावरण संरक्षण गर्नका लागि स–साना विद्यार्थीहरुले विरुवा रोप्ने मलजल गर्ने तथा आगामी दिनहरुमा उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।
सो अवसरमा देवदह सुनौलो वाल क्लबबाट नेशनल प्याब्सनले आयोजना गरेको भर्चुअल चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगिता तथा प्रत्यक्ष प्रसारणबाट विद्यार्थीहरुको क्रियापलापहरुको बारेमा भिडियो मार्फत जानकारी गराइएको थियो ।
विद्यालयका कार्यवाहक प्राचार्य श्री मन बहादुर क्षेत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण शिक्षक माधब भट्टराई, सोनिया पोख्रेल, युवराज पौडेल र तिलक क्षेत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक माधब आचार्यले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology