Logo

२०८३, आश्विन ९गते


images
images

देवदह इङलिस बोर्डिङ हाई स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न

देवदह इङलिस बोर्डिङ हाई स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • देवदह इङलिस बोर्डिङ हाई स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह । रूपन्देहीको देवदह-७, पिपलडाँडा स्थित देवदह इङलिस बोर्डिङ हाई स्कुलमा साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षागत र अन्तरसदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने र राष्ट्र स्तरमै विद्यार्थी सहभागी गराउने उद्देश्यका साथ सञ्चालन उक्त प्रतियोगितामा कक्षा १-३ सम्म सञ्चालन उक्त प्रतियोगितामा रिजन सापकोटा, प्रसिद्धि के.सी र निकोल चापागाईँ प्रथम, संगम चापागाईँ, प्रतिमा थारु र साइमन थापा द्वितीया, अनुमिता मण्डल, सुस्मिता मगर र अनु पौडेलले तृतीय स्थान हासिल गरेका छन भने कक्षा १ बाट दिया राना र कक्षा ३ बाट अनुष्का त्रिपाठीले सान्त्वना स्थान हासिल गरेका थिए ।

    images
    images
    images

    त्यसैगरी अन्तरसदनात्मक चित्रकला प्रतियोगितामा जुनियर तर्फ (कक्षा ४–६ ) प्रथम हरियो सदनकी युनिटि राना, द्वितीय रातो सदनकी अञ्जली परियार, तृतीय पहेँलो सदनकी सोनिया अदै मगर र  पहेँलो सदनकी सृष्टि काफ्लेले सान्त्वना स्थान हासिल गरेका थिए । एकैसाथ सञ्चालन भएको सिनियर तर्फ (कक्षा ७–९) तर्फ अन्तरसदनात्मक चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय रातो सदनका प्रतिज्ञा तिवारी,सन्ध्या थापा, प्रिन्स पाण्डे र प्राचीन गुुरुङ भएका थिए भने निलो सदनबाट सुसन थापा र प्राप्ति बस्नेतले सान्त्वना स्थान हासिल गरेका थिए । 

    images
    images
    images

    बुद्ध जयन्तीको पुर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रमबाट देवदहको पुरातात्विक महत्व झल्काउने र बुद्धको शान्ति सन्देश दिन खालका चित्रहरू विद्यार्थीहरूले कोरेका थिए ।

    कार्यक्रमको सहजीकरण अतिरिक्त क्रियाकलाप संयोजक विशाल श्रेष्ठ, सोनिया खनाल र युवराज पौडेलले गरेका थिए

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।