गुल्मी ।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।
सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको नयाँ गीत अन्तिम निर्णय सार्वजनिक भएको छ ।'अन्तिम निर्णय 'नामको गित दिपिका म्युजिक ले बजारमा गीत पठाएको छ।
गणेश अधिकारी र सिता घिमिरेको आवाज रहेको गीतलाई बासुदेव पोखरेलको शब्द सिर्जना रहेको छ भने गणेश आफैले लय सिर्जना गरेका छन ।
माया प्रेमको बिषयमा धेरै नै शब्द रचना गर्दै आएका गुल्मेली सन्चारकर्मि समेत रहेका पोख्रेलले अहिले पनि यो गित सार्वजनिक गरेका हुन गीतले माया प्रेमलाई मुख्य विषय बनाएको छ ।
स्मृति तिम्लिसिना गुरुआमाको निर्देशन रहेको गितमा अभिनय गणेश अधिकारी र वर्षा लम्सालले गरेको सोही गितका शब्द सर्जक बासुदेव पोख्रेलले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology