Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

बाल संरक्षण भत्ता हिनामिना आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाल संरक्षण भत्ता हिनामिना आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
  • बाल संरक्षण भत्ता हिनामिना आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिको बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार आर्थिक वर्ष २०६८/६९ मा जिल्ला विकास समिति महोत्तरीबाट बाल संरक्षण भत्ताका लागि साविक भरतपुर गाउँ विकास समितिलाई तीन लाख सात हजार दुई सय रुपैयाँ निकासा गरिएको थियो । तर उक्त रकम वास्तविक लाभग्राही बालबालिकालाई वितरण नगरी नक्कली भरपाई तयार गरी हिनामिना गरिएको अनुसन्धानबाट खुलेको हो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा भत्ता वितरण गरेको देखाउन भरपाईको सहीछाप महलमा प्रतिवादीहरूले आफैं तथा लाभग्राहीबाहेक अन्य व्यक्तिबाट औँठाछाप गराएको र त्यसका आधारमा सरकारी रकम फर्छ्यौट गरिएको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार तत्कालीन कार्यालय सहायक उमाकान्त महतोले तत्कालीन गाउँ विकास समिति सचिव महेश्वर महतो कोइरी तथा तत्कालीन जिल्ला विकास समिति महोत्तरीको आन्तरिक लेखापरीक्षण शाखामा कार्यरत सुरुज साहसँग मिलेमतो गरी झुट्टा कागजात तयार पारेका थिए। उनीहरूले लाभग्राहीलाई भत्ता वितरण नगरी वितरण गरेको देखिने नक्कली भरपाई बनाएर सरकारी रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

    उक्त कार्यबाट नेपाल सरकारलाई तीन लाख सात हजार दुई सय रुपैयाँ बराबरको हानि पुर्‍याई आफूहरूले गैरकानुनी लाभ लिएको आयोगको निष्कर्ष छ ।

    आयोगले प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ अनुसारको कसुर भएको ठहर गर्दै उनीहरूबाट हिनामिना भएको तीन लाख सात हजार दुई सय रुपैयाँ असुलउपर गराई सोही बराबरको जरिवाना तथा कानुनबमोजिम कैद सजायको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।