Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पाँच लाख घुससहित कर अधिकृत पक्राउ

पाँच लाख घुससहित कर अधिकृत पक्राउ

images
  • पाँच लाख घुससहित कर अधिकृत पक्राउ
    images
    images

    काठमाडौँ । जिल्ला सिरहाको लहान नगरपालिका-६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै दुःख हैरानी दिएर कर अधिकृत पालले घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

    images
    images
    images

    उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    पक्राउका क्रममा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ नगद र एउटा मोबाइल फोन समेत बरामद गरिएको आयोगले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # घुस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।