Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

छात्राहरूलाई दुर्व्यबहार गर्ने दुई शिक्षक र एक चालक पक्राउ

छात्राहरूलाई दुर्व्यबहार गर्ने दुई शिक्षक र एक चालक पक्राउ

images
  • छात्राहरूलाई दुर्व्यबहार गर्ने दुई शिक्षक र एक चालक पक्राउ
    images
    images

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूले शिक्षकबाट दुर्व्यवहार भएको आरोप लगाउँदै प्रदर्शन गर्ने तयारी गरेको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाको अनुसन्धानका क्रममा संलग्न देखिएका सुन्दरहरैँचा-१० का ४० वर्षीय प्रदीप भट्टराई, वडा नम्बर २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नम्बर १२ का ३५ वर्षीय अबिरल मास्केलाई नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

    images
    images
    images

    यस घटनाबारे सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ । प्रहरीले घटनाको वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।