Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

काठमाडौँमा ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँमा ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिला पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • काठमाडौँमा ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिला पक्राउ
    images
    images

    काठमाडौँ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना कोलम्बियाकी र अर्की भारतकी महिला रहेका छन् ।

    images
    images
    images

    ब्यूरोका अनुसार हवाई मार्ग हुँदै नेपाल आउने विदेशी नागरिकमाथि निगरानी र जोखिम मूल्याङ्कन गर्ने क्रममा कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी ६२ वर्षीया कोलम्बियाकी महिला पक्राउ परेकी हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँको ठमेल क्षेत्रमा ती महिलामाथि खानतलासी गर्दा उनले साथमा ल्याएको सुटकेसभित्र विशेष रूपमा बनाइएको गोप्य तहमा सिलिकनमा मिसाएर लुकाइएको अवस्थामा ४ किलो २५८ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार कोकिनलाई सिलिकनमा मिसाएर कम्बल, म्याट, ज्याकेट, एप्रोन र घाँटीमा लगाउने तकियाजस्ता सामग्रीको आकारमा तयार गरी नेपाल भित्र्याइएको थियो । घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकिन बुझ्न भारतको मणिपुरबाट काठमाडौँ आएकी ३७ वर्षीया भारतीय महिलालाई पनि पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    पक्राउ परेका दुवै महिलामाथि लागू औषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरूको साथबाट ४ किलो २५८ ग्राम कोकिन (सिलिकनसहित), एक थान राहदानी र भारतीय निर्वाचन आयोगले जारी गरेको एक थान परिचयपत्रसमेत बरामद गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।