Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

मकवानपुर र कैलालीमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

मकवानपुर र कैलालीमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

images
  • मकवानपुर र कैलालीमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ
    images
    images

    काठमाडौँ । मकवानपुर र कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्।

    images
    images
    images

    मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ सुकौरा न्यौपानेटार निवासी ६८ वर्षीय सिताराम नेपाललाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    यस्तै, कैलालीको भजनी नगरपालिका-७ हिक्मतपुर निवासी २८ वर्षीय सुनिल डगौरालाई ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितको उजुरीपछि इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    images
    images
    images

    दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।