Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

images
  • शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ
    images
    images

    दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् । उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए ।

    images
    images
    images

    घटनापछि बुढाथोकी फरार रहेका थिए । सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै सोमबार घोराही उपमहानगरपालिका-१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।