पोखरा । कास्कीको पोखरा महानगरपालिका-२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो क्रिस्टलजस्तो लाम्चो आकारको एक थान वस्तु, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लामो तारसहितको चार्जर एक थान र ६ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका-५ का ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक र ६९ वर्षीया खगिसरा कामी रहेका छन् । त्यस्तै म्याग्दीको मालिका गाउँपालिका-४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-२६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-२७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे र कास्कीको पोखरा महानगरपालिका-२१ निर्मलपोखरी घर भई हाल पोखरा महानगरपालिका-५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई समेत नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology