Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

वर्षापछि सामाखुसी खोलाको आसपासको बस्ती जोखिममा

वर्षापछि सामाखुसी खोलाको आसपासको बस्ती जोखिममा

images
  • वर्षापछि सामाखुसी खोलाको आसपासको बस्ती जोखिममा
    images
    images

    काठमाडौँ । शनिबार राति परेको अविरल वर्षापछि आएको भेलले सामाखुसी खोलाको चिरायु अस्पताल र विद्युत् प्राधिकरण वितरण केन्द्र नजिकको क्षेत्रमा क्षति पुर्‍याउँदै आसपासको बस्ती जोखिममा परेको छ ।

    images
    images
    images

    जोखिम न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल तत्काल परिचालन भएको छ । नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेलको नेतृत्वमा रहेको प्रतिकार्य टोलीले प्रभावित क्षेत्रमा जोखिम कम गर्ने तथा बस्ती सुरक्षित बनाउने काम गरिरहेको महानगरपालिकाले जनाएको छ।

    images
    images
    images

    भेलका कारण खोलाको किनारामा क्षति पुगेको छ भने थप जोखिम हुन नदिन आवश्यक सुरक्षा तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ । महानगरपालिकाले स्थानीयवासीलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षा
  • # सामाखुसी खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।