Logo

२०८३, श्रावण २७गते


images
images

मुख्य राजमार्गमा वर्षाको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध

मुख्य राजमार्गमा वर्षाको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध

images
  • मुख्य राजमार्गमा वर्षाको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध
    images
    images

    काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार हाल ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ६ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

    images
    images
    images

    कोशी प्रदेशमा तीन स्थानमा सडक प्रभावित भएका छन् । भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ । इलाम नगरपालिका-१ राजदुवालीस्थित मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छ । यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित बराहक्षेत्र भित्री डकखण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images
    images
    images

    बागमती प्रदेशमा पाँच स्थानमा सडक अवरुद्ध वा प्रभावित भएका छन्। काभ्रेको खुर्कोट-नेपालथोक-काठमाडौँ-बनेपा सडकखण्ड र मकवानपुरको हेटौँडा-भिमफेदी-बागमती-ललितपुर सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको भिमफेदी-भैँसे-डाँडा सडक भने एकतर्फी सञ्चालनमा आएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका काभारी र गिरिजाकोट क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्गका दुई स्थान पूर्ण रूपमा बन्द छन्।

    images
    images
    images

    गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका-८ सार्दीखोला क्षेत्रको नयापुल-घान्द्रुक सडकखण्ड र बागलुङको काठेखोला गाउँपालिका-६ निरयघाटस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्।

    लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ डुड्डेखोलास्थित सालझण्डी-सन्धिखर्क सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। गुल्मीको कालीगण्डकी करिडोर अन्तर्गत राक्से र पुर्तीघाट क्षेत्रमा वर्षाका बीच एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने रिडी-तम्घास सडकखण्डको बाङ्गुङ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।