Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पोखरामा मापसे गरी स्कुल भ्यान चलाउदा दुर्घटना : दुई विद्यार्थी घाइते, चालक पक्राउ

पोखरामा मापसे गरी स्कुल भ्यान चलाउदा दुर्घटना : दुई विद्यार्थी घाइते, चालक पक्राउ

images
  • पोखरामा मापसे गरी स्कुल भ्यान चलाउदा दुर्घटना : दुई विद्यार्थी घाइते, चालक पक्राउ
    images
    images

    पोखरा । कास्कीको पोखरा महानगर- १७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पोखरा म.न.पा. ६ दिगोपाटनका १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । यस्तै, पोखरा म.न.पा. १८ सेदीका १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।

    images
    images
    images

    घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको उपचार भइरहेको छ ।

    images
    images
    images

    दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गा.पा. २ बस्ने ५२ वर्षीय चालक बलराम भण्डारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # मापसे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।