Logo

२०८३, श्रावण २७गते


images
images

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु

images
  • बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु
    images
    images

    बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको प्र.२-०३-००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालक ट्याक्टरमुनि पस्दा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा स्कुटर चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका २९ बस्ने अन्दाजी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएको र उपचारको लागी एलएस न्युरो अस्पताल, परवानीपुर लगिएकोमा चिकित्सकले सोमबार साँझ मृत घोषणा गरेका हुन् ।

    images
    images
    images

    दुर्घटनामा स्कुटरमा पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका छन् भने मोटरसाइकल चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २३ बस्ने २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भई थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पताल रिफर गरिएको छ । ट्याक्टर चालक बारा जितपुर सिमरा उ.म.न.पा. ४ औराहा बस्ने ७० वर्षीय शिवराज चौधरी इ.प्र.का. सिमराको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।