Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

गैरकानुनी रुपमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

गैरकानुनी रुपमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

images
  • गैरकानुनी रुपमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
    images
    images

    काठमाडौं । पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती विदेशी नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै बसोबास गरिरहेका थिए। उनीहरूमध्ये केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै अवैध रूपमा बस्दै आएका थिए।

    images
    images
    images

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५ को डल्लु, सितापाइला लगायतका क्षेत्रमा सञ्चालनमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै २४ जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कालीकास्थित अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    प्रहरीले विदेशी नागरिकहरूलाई नेपालमा बसोबास तथा रोजगारीका लागि प्रचलित कानुनअनुसार वैध कागजात र अनुमति अनिवार्य रहेको भन्दै गैरकानुनी गतिविधिमा संलग्न पाइएमा कारबाही गरिने जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।