Logo

२०८३, श्रावण २७गते


images
images

प्रि-मनसुन

प्रि-मनसुन अवधिमा ४५ वर्षयताकै धेरै वर्षा

प्रि-मनसुन अवधिमा ४५ वर्षयताकै धेरै वर्षा

images
  • प्रि-मनसुन अवधिमा ४५ वर्षयताकै धेरै वर्षा
    images
    images

    काठमाडौं । यस वर्षको प्रि-मनसुन अवधिमा पछिल्ला ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार औसतभन्दा निकै बढी वर्षा भएपछि सन् १९९० को पुरानो रेकर्डसमेत तोडिएको हो ।

    images
    images
    images

    विभागका अनुसार नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर वर्षा हुने गर्छ । तर यस वर्ष औसतको १४५.५ प्रतिशत बढी अर्थात् ३३९.७ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    images
    images
    images

    विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा प्रि-मनसुन अवधिको विश्लेषण गर्दै आएको छ ।

    images
    images
    images

    यसअघि प्रि-मनसुन अवधिमा सबैभन्दा धेरै वर्षा सन् १९९० मा भएको रेकर्ड थियो । १९९० मा ३३१.४० मिलिमिटर बर्षा भएको थियो । त्यस्तै सन् २००० मा ३२३.१९ मिलिमिटर, २०२१ मा ३१७.८८ मिलिमिटर बर्षा भएको थियो ।   

    तर यस वर्ष भएको अत्यधिक वर्षाले उक्त रेकर्डलाई समेत उछिनेको विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रि-मनसुन
  • # वर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।