Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित

श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित

images
  • श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    images
    images
    images

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनको वेल घेराउ गर्दै विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    images
    images
    images

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाउन शुरु गरेका थिए । त्यसपछि सभामुखले मन्त्रीले स्पष्टीकरण दिएपछि फेरी स्पष्टिकरण सोध्ने नियम नरहेको बताएपनि श्रम संस्कृतिले वेल घेराउ गर्दै विरोध गरिरहेको छ ।

    images
    images
    images

    सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराएपनि त्यसलाई बेवास्ता गर्दै विरोध जारी राखेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।