काठमाडौँ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भए गरेका उद्दार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल, विपद्बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल, र विपद् पछिको क्षति र प्रभावको मूल्याङ्कनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवसँग दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology