काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान दिउसो १ बजेदेखि सिंहदरबारमा बस्ने समितिले जानकारी दिएको छ ।
आजको बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्को अध्ययन सम्बन्धमा सञ्चार जगतको भुमिका बारे छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको पनि बैठक बस्दैछ ।
बिहान ११ बजेदेखि शुरु हुने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology