Logo

२०८३, श्रावण २७गते


images
images

आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै

images
  • आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    बिहान साढे १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा 'पर्यटन  विधेयक, २०८१' सम्बन्धमा विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ । 

    images
    images
    images

    त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस र छलफलको कार्यसूचि रहेको छ । त्यस्तै समितिको उपसमिति गठनको समेत कार्यसूची रहेको छ । 

    images
    images
    images

    त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा विद्युतको वितरण लाइन तथा विद्युतका पोलहरु व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइको विषयमा उर्जामन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।