Logo

२०८३, आश्विन ९गते


images
images

बालबगैंचा

कविता : बाबा

कविता : बाबा

images
  • कविता : बाबा
    images
    images

    बाबा, तिमी मेरो फराकिलो आकाश हौ
    तिमी नै मेरो निश्चल आखाँका सपना उडाउछौं । 
    आउन दिएनौ आखाँमा आशु कहिल्यै 
    सिकायौ दया र माया गर्न सबैलाई जहिल्यै ।। 

    images
    images
    images

    देखायौँ संसार आफ्नो काधँमा  राखेर
    सधैं चाह्यौ अघि बढौं हामी सही कदम चालेर । 
    आउन दिएनौ बाधाबिपन कहिल्यै
    समस्याको समाधान शान्तिसँग गर्न सिकायौँ जहिल्यै ।। 

    images
    images
    images

    सधैं चाह्यौ हामी तिमीभन्दा अघि बढौ भनेर
    दियौ सबै सुख हामीलाई दुःख आफ्नो भागमा राखेर । 
    चिनायौं सही र गलत न्यायको तराजुमा तोलेर 
    चिनायौं संसारको वास्तविकता आँखाको पट्टी खोलेर ।। 

    images
    images
    images

    आइपरे आफुमा लड्न सिकायौं
    आफुमात्र होइन सबैलाई सँगै लिएरअघि बढ्न सिकायौँ । 
    अनन्त: माया दिइ, आखाँमा  राख्यौं जहिल्यै
    सायद तिम्रो यो ऋण तिर्न सक्दैिन, म कहिल्यै ।। 

    बाचा म दिन्छु मान राख्नेछु तिम्रो 
    भुक्न दिन्न त्यो शिर तिम्रो ।। 

     
    * सुनामी गैरे
    कक्षा : ८, ग्रीनप्लान्ट आवासीय मावि, देवदह ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालबगैंचा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।