Logo

२०८३, आश्विन ९गते


images
images

बालबगैंचा

कविता : मेरो आकाङ्क्षा

कविता : मेरो आकाङ्क्षा

images
  • सेतोमसी सहकर्मी
  • कविता : मेरो आकाङ्क्षा
    images
    images

    चन्द्रमामा भएको दाग हटाऊँ जस्तो लाग्छ
    देशका युवालाई देश विकासमा खटाऊँ जस्तो लाग्छ ।
    अघि बढ्न नसकेको देशको स्थिति देख्दा 
    वितृष्णाको भूमरीमा हराउँछु कि लाग्छ ।। 

    images
    images
    images

    सूर्यको किरणले धर्ती सजाउँछ जस्तो लाग्छ  
    घामको किरणले बस्तीहरुमा आशा जगाउँछ जस्तो लाग्छ  ।
    हरेक पल, हरेक क्षण भावनाको गहिराइमा पुग्दा
    घामको किरण म नै बनौं कि जस्तो लाग्छ ।। 

    images
    images
    images

    हजारौँ समस्यालाई यहाँ उन्मूलन गर्नु छ 
    ढुङ्गा बनी डुब्ने हैन डुङ्गा बनी तर्नु छ । 
    नम्र, सरल, व्यक्ति बनी सबको मन जिती 
    अजर, अमर प्रधानमन्त्री बनी मलाई मर्नु छ ।। 

    images
    images
    images

    प्रधानमन्त्रीको कुर्चीको महत्व हुँदा-हुँदै पनि 
    व्यक्ति प्रतिको वितृष्णाले मलाई झस्काउँछ  ।
    अनि सोच्छु, किन यस्तो भयो होला ?
    सम्झन्छु,
    जताततै भ्रष्टाचारको कुरा सुन्दा 
    भ्रष्टाचारको समाचारले पत्रिकामा प्राथमिकता पाउँदा 
    राज्य सञ्चालकको मौनताले मलाई झस्काउँछ  ।
    अनि सोच्छु
    बदल्नु छ यसलाई, गर्नु छ परिवर्तन, हटाउनु छ जनताको वितृष्णालाई 
    प्रधानमन्त्रीको गरिमालाई उँचो बनाउन म अघि सरुँ सरुँ लाग्छ !!
    यो देशको लागि केही गरूँ-गरूँ लाग्छ ।। 

    देशको लागि ज्यान दिन परे पछाडि पर्ने छैन् 
    आफ्नै परिवारको सदस्यले कानुन टोडे पनि बचाउँने छैन् । 
    म यस्तो प्रधानमन्त्री बन्न चाहन्छु, जसलाई देखेर अरु पनि देश विकासमा अघि बढून् ।
    देश कसरी अगाडि बढ्छ भनेर उपाय खोजून् ।। 

    विदेश गएका युवालाई स्वदेश फर्काउने छु
    सबैलाई देशको मूल्य बुझाई देश विकासमा अगाडि बढाउने छु । 
    कहिल्यै पनि देश विरुद्ध सन्धी गर्ने छैन
    देशको भूमि बेच्न खोज्नेलाई बाँकी छोड्ने छैन्  ।। 

    मेरो सपना अहिले कसैलाई हाँसो बन्न सक्छ 
    कर्म गरी अघि बढे मेरो खाँचो पर्न सक्छ । 
    सपना सबैको हुन्छ, तर विपना बनाउनुपर्छ
    सानो हैन, सपना ठुलो हुनुपर्छ 
    उद्देश्य उडी छुनु चन्द्र लिनुपर्छ ।।। 

    - नेत्र भुसाल
    सगरमाथा आवासीय माध्यमिक विद्यालय,  देवदह ( कक्षा –१० )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालबगैंचा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।