कुरुक्षेत्रको मैदानमा त छैन
तर गल्तीहरुको चक्रब्युमा जेलिए'छ वर्तमान
अभिमन्युलाई जसरी फसाएर मार्न त मारिएन
तर त्यो भन्दा कम पिडा पनि दिईएन
रामले जस्तो युद्ध त गरिएन
तर सीताले जसरी आशा त राखियो
जसरी सुरपनखाका कारण रावण मारियो
त्यसरी नै सफलता पछाडिको गल्तीको अस्तित्व मारियो
सत्यबाट अपरिचित संसारलाई
गल्तीहरुले ढाकिरेछन्
गल्तीहरुको भुगोलमा प्राणीहरु तडपिरहेछन्
खै कस्तो यो चक्रब्युह !
घेरेको त छैन्, तर घेरिएको छ संसार
कसरी हट्छ त्यो प्रतिफल, दोहोरीएपछि गल्ती निरन्तर !
प्रिय प्राणी ! गल्ती नै सिकाइको हो - असल शिक्षक
चिन्ता नगर देखेर वरिपरीका निरिक्षक
अनगिन्ती बन तिमी, नबन है सिमित
गल्ती भए एकछिन बनाउला नि पिडित ।।
अकाल्पनिकलाई काल्पनिक बनाउने महान रहेछौ तिमी
मुहार फेर्ने सफलताको प्रतिक रहेछौँ तिमी त !!
कृति न्यौपाने
सगरमाथा आवासीय माध्यमिक विद्यालय (कक्षा –१०)
देवदह –०७, रूपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology