Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

राखेप उपाध्यक्ष विशाल श्रेष्ठले गरे पदबहाली

राखेप उपाध्यक्ष विशाल श्रेष्ठले गरे पदबहाली

images
  • राखेप उपाध्यक्ष विशाल श्रेष्ठले गरे पदबहाली
    images
    images

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका विशाल श्रेष्ठले पदबहाली गरेका छन् ।

    images
    images
    images

    नेपाल सरकारले उनलाई बुधबार उपाध्यक्ष पदमा नियुक्त गरेको थियो । पदबहालीपछि उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट व्यवस्थापकीय जिम्मेवारीमा आएको बताउँदै सबैको सहकार्यमा खेलकुद क्षेत्रको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    त्यसैगरी परिषद्मा उपाध्यक्षसहित नवनियुक्त सदस्यहरू मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा परिषद्का सदस्य सचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

    उक्त कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार तथा परिषद्का विभागीय र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राखेप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।