Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

नेपाल र हङकङबीचको खेल स्थगित : राखेपले रंगशाला नदिएको एन्फाको आरोप

नेपाल र हङकङबीचको खेल स्थगित : राखेपले रंगशाला नदिएको एन्फाको आरोप

images
  • नेपाल र हङकङबीचको खेल स्थगित : राखेपले रंगशाला नदिएको एन्फाको आरोप
    images
    images

    काठमाडौँ । नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषदले खेलका लागि दशरथ रंगशाला उपलब्ध नगराएका कारण खेल स्थगित गरेको जनाएको छ ।

    images
    images
    images

    एन्फाले भनेको छ- 'राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौ ।'

    images
    images
    images

    यो खेल चैत्र १२ गते हुने तालिका रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा
  • # राखेप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।