काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई स्वागत गरेको छ ।
राखेपका सदस्य-सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समिति र बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले माननीय युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलललाई स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेललले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउनु हुँदै सम्बन्धित सबैको दक्षताको कदर गर्दै खेलकुदको दीर्घकालीन विकासमा उपयोग गर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा. अच्युतम लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनु पर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्था, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन– २०२६ अन्तर्गत हाल रोकिएको विशेष तयारी प्रशिक्षण, आन्तरिक श्रोत, ऐन संशोधनलगायतका विषयमा जानकारी गराएक थिए ।
स्वागतपछि राखेपका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाइ पर्फमेन्स सेन्टर र पौडी पोखरीको निरीक्षण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology