Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा

परराष्ट्रमन्त्रीको स्पष्टीकरण मान्दैनौं, प्रधानमन्त्रीको जवाफ चाहिन्छ- एमाले

परराष्ट्रमन्त्रीको स्पष्टीकरण मान्दैनौं, प्रधानमन्त्रीको जवाफ चाहिन्छ- एमाले

images
  • परराष्ट्रमन्त्रीको स्पष्टीकरण मान्दैनौं, प्रधानमन्त्रीको जवाफ चाहिन्छ- एमाले
    images
    images

    काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण अस्वीकार गरेको बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले सीमा बारेमा प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म आफुहरुको विरोध जारी राख्ने बताउदै अन्य सबै सांसदहरुलाई पनि विरोध जारी राख्न आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले यस समस्याको समाधान रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।

    images
    images
    images

    उनले देशको स्वाधिनता प्रमुख विषय भएको भन्दै यो विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्न नसक्ने आफुहरुको स्पष्ट धारणा रहेको बताए ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति र रास्वपा सभापति रवि लामिछानेले भारतमा दिएको 'विगतका ब्यागेज बोगेर अगाडी बढ्न चाहदैनौं' भन्ने अभिव्यक्तिबाट समस्या शुरु भएको बताउदै अहिलेको संकटको समाधान प्रधानमन्त्री, रास्वपा सभापति र सभामुखसँग रहेको बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।