दाङ । झुट्टा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका-४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही वडाका वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी र राजपुर गाउँपालिका-४ का आलम जोल्हा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने प्रक्रियामा संलग्न रहेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology