Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

images
  • धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
    images
    images

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-५ स्थित सत्कार चोक नजिकबाट कटुवा पेस्तोल तथा विभिन्न शंकास्पद सामग्रीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन् ।

    images
    images
    images

    मंगलबार राति करिब १०: २५ बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले खान बस्दै आएको कोठामा खानतलासी गरेको थियो । सो क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान रेन्च, एक थान चाँदीको करुवा, चाँदीजस्तो देखिने दुई थान घाँटीमा लगाउने माला, दुई थान टर्चलाइट, एक थान फलामको रड, एक थान डिजिटल काटा तथा एक थान खुकुरी बरामद गरेको जनाएको छ ।

    images
    images
    images

    बरामद गरिएका सामग्रीसहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।