Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

images
  • मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ
    images
    images

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी-६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी-५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ ।

    images
    images
    images

    त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।