Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

घरायसी विवादमा रड प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

घरायसी विवादमा रड प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

images
  • घरायसी विवादमा रड प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ
    images
    images

    काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको हत्या भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार सोही स्थानका ४२ वर्षीय कुमार थापा, जो “नेपाली ब्रो” नामले परिचित छन्, ले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए ।

    images
    images
    images

    शुक्रबार राति करिब १० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुको हिरासतमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।