Logo

२०८३, आश्विन ९गते


images
images

कविता : मेरो मत

कविता : मेरो मत

images
  • सेतोमसी सहकर्मी
  • कविता : मेरो मत
    images
    images

    कविता : मेरो मत

    images
    images
    images

    जिन्दावाद/मुर्दावाद 
    भोट यता/भोट उता
    यो गर्छौं/ऊ गर्छौँ
    यस्तै यस्तै,
    भाषणले गुञ्जायमान थिए 
    गाउँ, बस्ती र सहर ।
    अनि मेरो देश रङ्गिँदै थियो
    अनेक दिवास्वप्नहरूले,
    चुनावी महासङ्ग्राममा
    आफूतिरै नतिजा ल्याउन 
    लागिपरेका थिए सबै  ।
    ठीक त्यति नै बेला 
    म थिएँ अन्तर्राष्ट्रिय विमानको ढोकामा,
    टाल्न नसकी स्वदेशमा
    फाटेको जिन्दगीका रहरहरू
    परदेशीको गोडा मल्न
    लिएर गह्रौँ ज्यान 
    बोकेर गहभरि आँसु
    बिछोडिँदै प्रियजनसँग
    भुइँ छोड्नै लागेको थिएँ ।
    कुनै साइनो र सम्बन्ध थिएन
    नेताजीहरूका आश्वासन र
    फाटेको मेरो जिन्दगीबीच
    किनकि
    तिनका कुराले
    भिज्दैनथ्यो मेरो जिन्दगीको च्युरा । 
    ए नेताज्यु !
    एक भोट दिन त असमर्थ भएँ यसपाली
    तर,
    एउटा आशा बोकेर जाँदैछु
    तपाईंका आश्वासन 
    विगतकाजस्तै झुट नबनून्
    अबको छुट्टीमा आउँदा
    'म'हरूले आफ्नै देशमा केही गर्न पाइयोस् र,
    फेरि एयरपोर्टको ढोकामा टेक्नु नपरोस् ।
    अनि जिन्दगीको अन्तिमसम्म
    दिन पाइयोस् तपाईंहरूलाई अमूल्य भोट ।

    images
    images
    images

    - सुनिता प्रतिबिम्ब, बुटवल

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # कविता : मेरो मत
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।