Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग

प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग

images
  • प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग
    images
    images

    काठमाडौँ । नेकपा एमालेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र आमनेपाली जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ ।

    images
    images
    images

    एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै माफी मागेर मार्फ प्रशस्त गर्न माग गरेका हुन् ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ- 'प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।'

    images
    images
    images

    एमालेले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकार स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएको छ ।

    साथै एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा २०७७ सालमा ऐतिहासिक तथ्य, प्रमाण, नापनक्सा तथा सन्धि–सम्झौताका आधारमा जारी गरिएको स्मरण गराउँदै उक्त नक्सालाई संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समावेश गरिसकेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।