Logo

२०८३, आश्विन ९गते


images
images

इङल्याण्डका फरवार्ड गार्डन बार्सिलोनामा

इङल्याण्डका फरवार्ड गार्डन बार्सिलोनामा

images
  • इङल्याण्डका फरवार्ड गार्डन बार्सिलोनामा
    images
    images

    काठमाडौँ । बार्सिलोना र न्यूक्यासल युनाइटेडबीच एन्थोनी गोर्डनको विषयमा ट्रान्सफर सम्झौता भएको छ । 

    images
    images
    images

    स्पेनिस च्याम्पियन बार्सिलोनाले इङ्ग्ल्यान्डका फरवार्ड गोर्डनलाई भित्र्याउन करिब ७० मिलियन युरो (झन्डै ८१.४ मिलियन डलर) को शुल्कसहित अतिरिक्त बोनससमेत हुने गरी सहमति जनाएको छ। २५ वर्षीय गोर्डनलाई लिन बायर्न म्युनिख र लिभरपुलले पनि चासो देखाएका थिए तर अन्ततः बार्सिलोना नै उनको प्रमुख गन्तव्य बनेको हो । 

    images
    images
    images

    न्यूक्यासलले उनलाई छोड्न त्यति सहज रूपमा नचाहे पनि बार्सिलोनाको प्रस्ताव आर्थिक रूपमा आकर्षक देखिएपछि क्लब पुनर्निर्माणका लागि सहमत हुन बाध्य भएको बताइएको छ।

    images
    images
    images

    बायर्न म्युनिखले अन्तिम चरणसम्म प्रयास गरेको भए पनि बार्सिलोनाले विश्वकप अघि नै सम्झौता टुंग्याउने चाहना देखाएको थियो । यसअघि बार्सिलोनाले लामो समयदेखि निको विलियम्सलाई भित्र्याउने प्रयास गरेको थियो तर उनी एथ्लेटिक क्लबमै बसेपछि क्लबले पछि मार्कस रासफोर्डलाई म्यानचेस्टर युनाइटेडबाट ऋणमा अनुबन्ध गरेको थियो । बार्सिलोनाको चासो पहिलो पटक मे महिनामा सार्वजनिक भएको थियो, जब गोर्डनका एजेन्ट एडम डगडेलले क्लबका खेलकुद निर्देशक डेकोसँग भेट गरेका थिए । डेको हाल लन्डनमा विभिन्न सम्भावित खेलाडीका प्रतिनिधिसँग छलफल गरिरहेको बताइएको छ ।

    यस सिजन च्याम्पियन्स लिगमा गोर्डनको प्रदर्शन निकै प्रभावशाली रह्यो । उनले १२ खेलमा १० गोल गरेका थिए र न्यूक्यासललाई अन्तिम १६ सम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जहाँ उनीहरू बार्सिलोनासँग नै पराजित भएका थिए । 

    बार्सिलोनाले यसैबीच नयाँ स्ट्राइकरको खोजी पनि गरिरहेको छ, किनभने रोबर्ट लेवान्डोस्कीले अर्को महिना क्लब छोड्ने घोषणा गरिसकेका छन् । क्लबले गोर्डनको सम्भावित आगमन स्ट्राइकर खोजसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको बताइएको छ। एथ्लेटिको मड्रिडका जुलियन अल्भारेज र चेल्सीका जोआओ पेड्रोलाई पनि विकल्पका रूपमा हेरिएको छ ।

    त्यस्तै बार्सिलोनामा मार्कस रासफोर्डको भविष्य पनि अझै अनिश्चित रहेको छ । उनी ऋण अवधि सकिएपछि युनाइटेड फर्कनेछन्, यद्यपि बार्सिलोनासँग उनलाई स्थायी रूपमा राख्ने विकल्प अझै खुला छ । तर त्यसका लागि तलब संरचना र बजेट व्यवस्थापन प्रमुख चुनौती देखिएको छ ।

    पछिल्ला वर्षमा क्लबको आर्थिक स्थिति सुधार हुँदै गए पनि नयाँ खेलाडी दर्ता गर्न अन्य खेलाडी बिक्री आवश्यक पर्न सक्ने संकेत गरिएको छ। मैदानमा भने हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोना पछिल्ला दुई सिजनमा उत्कृष्ट लयमा छ र लगातार ला लिगा उपाधि जितेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।