Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट

images
  • परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट
    images
    images

    काठमाडौं । काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खानालसँग संयुक्त शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    भेटका क्रममा मन्त्री खानालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    उनले सुशासनका प्रमुख आधारका रूपमा छिटो र प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचारविरुद्धको कडा अडानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै तीसँगै द्रुत आर्थिक विकास पनि सरकारको मुख्य लक्ष्य रहेको बताएका थिए ।

    images
    images
    images

    मन्त्री खानालले लगानीमैत्री वातावरण निर्माण, निर्यात प्रतिस्पर्धात्मकता वृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि भइरहेको आर्थिक सुधारबारे जानकारी दिँदै जलविद्युत, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन युरोपेली संघलाई आग्रह गरे ।

    नेपालले हासिल गरेको प्रगति र जारी सुधारलाई ध्यानमा राख्दै उनले युरोपेली संघ सदस्य राष्ट्रहरूलाई नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

    भेटमा बोल्दै युरोपेली संघकी नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले यस भ्रमणको उद्देश्य नयाँ सरकारप्रति युरोपेली संघको समर्थन पुनः पुष्टि गर्नु र नेपाल–युरोपेली संघबीच सहकार्यका अवसरहरू विस्तार गर्नु रहेको बताइन्। उनले डिजिटल शासन र प्रविधिमा युरोपेली विशेषज्ञता आदानप्रदान गर्न पनि संघ तयार रहेको जानकारी दिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।