Logo

२०८३, आश्विन ९गते


images
images

क्रिकेट

एकदिवसीय क्रिकेटमा सन्दीपको नयाँ किर्तिमान, तोडियो मिचेल स्टार्कको रेकर्ड

एकदिवसीय क्रिकेटमा सन्दीपको नयाँ किर्तिमान, तोडियो मिचेल स्टार्कको रेकर्ड

images
  • एकदिवसीय क्रिकेटमा सन्दीपको नयाँ किर्तिमान, तोडियो मिचेल स्टार्कको रेकर्ड
    images
    images

    काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

    images
    images
    images

    सन्दीपले स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने नयाँ किर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् ।

    images
    images
    images

    एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । त्यस्तै पाकिस्तानका सक्लिन मुस्ताकले ७८ खेलमा, अफगानिस्तानका रशिद खानले ८० खेलमा र न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ८१ खेलमा १५० विकेट लिएका थिए ।

    images
    images
    images

    सन्दीपको नाममा छिटो सय विकेट लिने किर्तिमान समेत रहेको छ । सन्दीपले ४२ खेलमा एकदिवसीय खेलमा सय विकेट लिएका थिए । त्यस्तै रसिद खानले ४४ खेलमा सय विकेट पुरा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।